Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

एक करोडको पत्रकार कल्याण कोष बनाउने


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

विराटनगर । नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको दोस्रो पूर्ण बैठकले कुनै पनि महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी रु एक करोडको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ।

प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो। कोरोनाका कारण प्रदेशमा चार पत्रकारको मृत्यु भएको र १२५ जना सङ्क्रमित भएको विवरण महासङ्घमा रहेको जानकारी गराइएको छ।

बैठकले कोरोना महामारीका बेला जोखिम मोलेर पत्रकारिता गर्ने पत्रकारको पारिश्रमिक कटौती गर्ने, बिदामा बस्न दबाब दिने र लामो समयदेखि पारिश्रमिक नदिने कार्य आपत्तिजनक रहेको ठहर गर्दै तत्काल समस्या समाधान गर्न सबै सञ्चारगृहलाई आग्रह गरेको छ । श्रमको मूल्यका लागि आवश्यक परे सङ्घर्षमा उत्रने र सङ्घर्षका अभियानमा सामेल हुने निर्णय गरिएको छ।

कोरोना सङ्क्रमणका कारण पत्रकार तथा स्वरोजगार मूलक मिडिया बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीर रूपमा लिई पत्रकार र स्वरोजगार मूलक मिडियाको उत्थानका लागि विशेष प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । यसअघि प्रदेश सरकारले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरिएको छ।

कोभिड सङ्क्रमणको तेस्रो लहरको सम्भावित खतरा आइरहेकाले त्यसमा सचेत रहन सबै पत्रकारलाई आग्रह गर्दै आवश्यक तयारी गर्ने निर्णय गरिएको छ । महासङ्घको विधानअनुसार प्रदेश समितिमार्फत सदस्यता नवीकरण गराउन सबै शाखालाई सूचित गर्दै यसअघि केन्द्रीय समितिले प्रदान गर्दै आएको परिचयपत्र अब प्रदेश समितिमार्फत वितरण गर्ने निर्णय गरिएको छ।

कोरोना महामारीबाट सुरक्षित हुन गरिएको बिमा बापतको रकम सङ्क्रमित भएर बिमा दाबी गर्ने पत्रकारले नपाएका सन्दर्भमा तत्काल बिमा रकम भुक्तानी गर्न बिमा कम्पनीलाई खबरदारी गर्दै त्यसमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ।

महासङ्घको कामलाई व्यवस्थित गर्न महासचिव विवेक गौतमको संयोजकत्वमा सङ्गठन विभाग, उपाध्यक्ष हिमाकुमारी चेम्जोङको संयोजकत्वमा महिला विभाग, सचिव सन्तोष यादवको नेतृत्वमा समावेशी विभाग र सदस्य पिवी दियालीको संयोजकत्वमा दलित विभाग गठन गरिएको छ । महासङ्घ प्रदेश समितिको आफ्नो वेभपोर्टल निर्माण गरी शाखाका सदस्यसहित विवरण र गतिविधि नियमित अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार