Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

प्रदेश सभा सदस्यको वार्षिक आवास खर्च झन्डै दुई करोड


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बागमती । प्रदेश सभाका सदस्यसहित पदाधिकारीको आवास सुविधाबापत आर्थिक वर्ष ०७७/७८ मा झन्डै एक करोड ९० लाख रुपैयाँभन्दा बढी खर्च भएको देखाइएको छ। प्रदेश सभा सचिवालयका अनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्षमा रु. एक करोड ९० लाख चार हजार सात सय ४९ खर्च भएको हो।

सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक तथा प्रदेश सभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो।

प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना रु. १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ। राजधानी हेटौँडामै घर भएका प्रदेश सभा सदस्यले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना रु. सात हजार पाँच सय बुझ्दै आएका छन्। मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।

प्रदेश  सभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न ०७५ सालमा ऐन निर्माण भइसकेको र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको हो। प्रदेश सभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ।

अन्य सदस्यको हकमा अनुसूची १ मा उल्लेख गरिएअनुसारको व्यवस्था हुने भनिएको छ। जसमा  सभामुख र उपसभामुखबाहेक  सदस्यको हकमा विपक्षी दलका नेता, सत्तापक्षका मुख्य सचेतक, समितिका सभापति र विपक्षी दलका प्रमुख सचेतकलाई रु. २५ हजारका दरले तथा सत्तापक्षका सचेतक, विपक्षी दलका सचेतक र सदस्यलाई रु. १५ हजारका दरले आवास तथा घरभाडाबापतको सुविधाको व्यवस्था गरिएको छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार