Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सिन्धुपाल्चोक।  सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन गर्न पाउनुपर्ने र वडा नं १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निर्माणमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दङ्गालले बताए । एस्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको तर मजदुरले सावेल प्रयोग गरेर बालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसङ्गत नरहेको भन्दै मजदुरले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको तर सावेल चलाएर बालुवा सङ्कलन गर्न सकिने जानकारी दिएको दङ्गालको भनाइ छ ।

उहाँले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भनेर तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिक जानकारी दिइएको बताए । नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा सङ्कलन गर्न दिने निर्णय गरेपछि यही पेशाबाट रोजीरोटी गर्दै आएका आदिवासी माझी तथा दनुवार समुदायका मजदुरले खुशी व्यक्त गरेका छन् ।

मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग गरेको छ । बाढी प्रभावित भई ‘क’ वर्गमा परेका घरका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिए । नगरभित्रका प्रभावित १३० ज्येष्ठ नागरिकलाई कम्बल, टर्च लाइट र अन्य पोषिलो खानेकुरा सहयोग गरिएको नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालले जानकारी दिए ।

उपप्रमुख नेपालले बाढीबाट प्रभावितमध्ये पनि ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेकाले केही राहतस्वरुप सहयोग गरिएको बताए। बिहीबारबाट सुरु भएको सहयोग कार्यक्रम आइतबारसम्म चल्ने बताइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार