Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

जयवागेश्वरीको आकाशेपुल अलपत्र


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौँ । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण सुरु गरेको आकाशेपुल डेढ वर्षदेखि अलपत्र बनेको छ ।

पशुपति क्षेत्रस्थित महानगरपालिका–८ जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर जान धेरै मानिसले आवतजावतका लागि सडक पार गर्न सहज होस् भनी निर्माण शुरु गरिएको आकाशेपुल बिजुलीको तार भूमिगत नहुँदा अलपत्र बनेको वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए ।

महानगरपालिकाले रु ७७ लाखको लागतमा पुल निर्माण गर्न लागेको हो । कोरोना महामारी सुरु हुनुअघिसम्म महिनामा लाखौँ मानिस पशुपतिनाथ मन्दिर दर्शनमा आउने गरेका थिए। गत साउन महिना, तीज, बालाचतुर्दशी, महाशिवरात्रिजस्ता पर्वमा एकै दिन लाखौँ भक्तजन यही बाटो भएर पशुपतिनाथ मन्दिर जान्छन् । धेरै मानिस ओहोरदोहोर गर्ने स्थानमा आकाशेपुल नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

सडकमा सवारी चाप भएका बेला सिफलबाट पशुपतितिर जान लामो समय कुर्नुपरेको पशुपति क्षेत्र जान लाग्नुभएका यात्रु रमेशप्रसाद शिवाकोटीको गुनासो छ । तार भूमिगत गर्न रु १२ लाख बजेट लाग्ने लागत स्टमेट अनुमान गरिए पनि बजेट व्यवस्थापन हुन नसक्दा एक वर्षदेखि आकाशे पुल अलपत्र बनेको वडा कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने जिम्मेवारी पाएको रिजेन्सी कन्स्ट्रक्सनले सूचना पाटीसमेत नराखी काम गरेकामा स्थानीयवासी शारदाप्रसाद वैद्यले आपत्ति जनाए ।

निर्माण व्यवसायीले कति समय, लागतमा आकाशेपुल निर्माण गर्ने भनी राख्नुपर्ने सूचना पाटी नराख्दा के बनाउन लागेको हो भन्ने जानकारी नपाएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले ‘साइड क्लियर’ नभइ ठेक्का गर्दा डेढ वर्षदेखि पुल अलपत्र भएको हो । अलपत्र पुलका कारण पैदलयात्रुलाई हिँड्नसमेत असहज हुने गरेको छ । एकातिर अलपत्र पुल र अर्कोतिर फलामलगायत केही अप्ठ्यारा निर्माण सामग्री थुपार्दा पैदलयात्रीलाई अप्ठ्यारो भएको हो । निर्माण सामग्रीकै कारण दुर्घटनाको जोखिमसमेत बढेको छ ।

महानगरपालिका निर्माण विभाग प्रमुख राम थापा आकाशेपुल बन्ने स्थानमाथि नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सनलाइन भएकाले काम रोकिएको बताए । प्राधिकरणको पुरानो बानेश्वर शाखालाई तार भूमिगत गर्न आवश्यक बजेट दिन्छौँ भनी पत्राचार गरेकामा तत्कालीन कार्यालय प्रमुखले काम अघि बढाउन लागेकामा सरुवा भएपछि काममा ढिलाइ भएको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार