Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

विशेष अदालतमा आरोपपत्र दायर


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

दमौली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानुनी लाभ तथा हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन अध्यक्षसहित पाँच व्यक्तिउपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालीन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भीमबहादुर गुरुङ, तत्कालीन सदस्य गणेशकुमार गुरुङ र तत्कालीन प्रोपराइटर विनोद श्रेष्ठउपर बिहीबार अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजहरुबाट रु ११ लाख ३४ हजार ५०० बिगो असुलको माग गरेको छ ।

तत्कालीन अध्यक्षसहित तीन व्यक्तिलाई रु सात लाख ६६ हजार ७००, सदस्य गुरुङलाई रु एक लाख १९ हजार ४०० र प्रोपराइटर श्रेष्ठलाई रु दुई लाख ४८ हजार ४०० बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ तथा ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन गरिएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन गरी पैसा नलाग्ने माटो लगेर ग्राभेल गरेको तर बिल भर्पाइ फर्जी बनाएको आरोप लागेको छ । उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाबाट आर्थिक वर्ष २०७४\७५ मा नगरस्तरीय आयोजनाअन्तर्गत विनियोजन भएको रकम लागत स्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत सम्पन्न भएको कोत्रे–थप्रेक जोड्ने सहिद लालध्वज मार्ग सतरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले मिलेमतोमा गैरकानुनी लाभ पु-याउने र सरकारी रकम हानी–नोक्सानी पु¥याउने बदनियत देखिएको आयोगको भनाइ छ ।

गाउँपालिका अध्यक्षले रक क्लाइम्बिङ गरेपछि तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विमलनगरमा रक क्लाइम्बिङ गरेको छ । पृथ्वीराजमार्गसँगै रहेको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रानाले बिहीबार रक क्लाइम्बिङ गरेको हो ।

म्याग्दे–६ शेरामा रहेको चट्टानमा गाउँपालिकाले रक क्लाइम्बिङको योजना बनाएकाले त्यसैका बारेमा छलफल गर्न विमलनगर पुगेका बेला रानाले रक क्लाइम्बिङ गर्नुभएको हो । “विमलगनरको रक क्लाइम्बिङ यस क्षेत्रकै चर्चित ठाउँ रहेको र कसरी रक क्लाइम्बिङ गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आएका हौँ”, उनले भने।

विमलनगर रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकाजी श्रेष्ठले शेराटारमा रक क्लाइम्बिङको सम्भावना रहेको बारेमा आफूलाई जानकारी गराएको भन्दै रानाले भने, “पहिला एकचोटी विमलनगरमा हेर्न आउँछु है भनेकी थिएँ ।” साहसिक खेलका रूपमा रहेको रक क्लाइम्बिङ शेराटारमा पनि सञ्चालन गर्न सकिए यो आयआर्जनको स्रोत बन्ने रानाले बताए।

रानासँगै म्याग्दे–२ का अध्यक्ष चन्द्रबहादुर रानाभाट, वडा नं ४ का अध्यक्ष प्रेमबहादुर थापा, वडा नं ५ का अध्यक्ष शिवबहादुर आले, वडा नं ६ का अध्यक्ष बसन थापा, कार्यपालिका सदस्य बद्रीका भट्टराईले पनि रक क्लाइम्बिङ गरेको छ । पृथ्वीराजमार्गसँगै जोडिएको यस ठाउँमा देशका विभिन्न तथा विदेशबाट समेत पर्यटक चट्टान आरोहणका लागि आउने गर्दछन् । विसं २०६४ मा नेपालका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक र स्थानीयवासी मिलेर सो क्षेत्रको सुरुआती अन्वेषण गरेपश्चात क्रमबद्धरूपमा यससँग सम्बन्धित सङ्घसंस्था तथा निकायले यस क्षेत्रमा आरोहण गतिविधि गर्नाका साथै व्यवस्थापन गर्दै आएको स्थानीयवासी लालकुमार श्रेष्ठले जानकारी दिए ।

रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार