Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

तनहुँ ‘ । स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।

व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए। उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हँुदै आएको छ । उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हँुदै आएको छ।

करिब रु दुई करोडका लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । उनले भने, “सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ ।” छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए ।

आसपास जिल्लाका व्यपारीलाई काठमाडाँै नारायणगढबाट ल्याएको भन्दा रु एक÷दुई सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन् । टाढाबाट सामान खरिद गरी ल्याउँदा महङ्गो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीलाई केही हदसम्म भए पनि राहतको महसुस गरिएको छ । उद्योगमा हाल छ जनशक्तिले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पु¥याउन गाह्रो भएको निर्देशक राउत बताए।

उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताउनुभयो । राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौँ”, उनले भने।

कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ। पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताउनुभएको छ ।उनले भने “केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ ।”
– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार