Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गरेका छन् ।औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा उहाँले मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिनुभएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए । उनका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।

‘हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौँ,’ उनले भने, ‘सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।’

आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारी दिए । ‘म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे,’ उनले भने, ‘आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।’ अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको उनले बताए । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए । ‘जग्गा प्राप्त भएको छ,’ उनले भने ‘भवन चाँडै बन्ने गरी काम थाल्नेछौँ ।’

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार