Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

मिर्गाैला फेर्न सात लाख सहयोग


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बागलुङ । मिर्गौलापीडित ताराखोला गाउँपालिका–२ अर्गलका भीमबहादुर घर्ती मगरको उपचारमा लोक सम्पदा अध्ययन अनुसन्धान अभियानले आर्थिक सहयोग गरेको छ ।

दुवै मिर्गौैलाले काम गर्न छोडेपछि प्रत्यारोपणको तयारीमा रहनुभएका मगरलाई अभियानमार्फत रु सात लाख १२ हजार तीन सय दुई उपलब्ध गराइएको हो ।

उक्त सहयोग रकम मङ्गलबार बिरामीका परिवारजनलाई हस्तान्तरण गरिएको अभियानका अध्यक्ष याम घर्ती मगरले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि भीमबहादुरको परिवारमा अर्थाभाव भएपछि सहयोग अभियान चलाइएको उनको भनाइ छ ।भियानको संयोजनमा जापानमा रहनुभएका झकु मगर, गङ्गा घर्ती मगर, मेलिसियमा रहनुभएका प्रकाश मगर, बहराइनबाट जीवन रोका मगर, थम्मन नाइसा मगर, मिलन मगरलगायतको पहलमा आर्थिक सहयोग जुटाइएको थियो ।सहयोग रकम बुझेपछि भीम बहादुरका आफन्तजनले अभियानप्रति आभार प्रकट गरेका थिए । अर्थाभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर देशविदेशबाट सहयोग जुटाइएको अभियानले जनाएको छ ।

यसअघि ताराखोला–४ का ५५ वर्षीय ओमबहादुर घर्ती मगरको मिर्गौला प्रत्यारोपणका लागि पनि अभियानले रु दुई लाख दुई हजार तीन सय ६० सहयोग गरेको थियो । दाइ ६२ वर्षीय डमप्रसादले मिर्गौला दान गरेपछि गत महिना शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरमा ओमबहादुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यस्तै वडा नंं ३ हिलकी मतिकला छन्त्यालको उपचारका लागि गत फागुनमा रु तीन लाख ६२ हजार ६ सय ५० सहयोग गरिएको अध्यक्ष मगरले बताए। रूखबाट लडेर मेरुदण्ड भाँचिएपछि छन्त्याल अहिले पनि उपचाररत हुनुहुन्छ । “अहिलेसम्म तीन जना बिरामीको उपचारका लागि आर्थिक अभियान चलायौँ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो, “लोक, संंस्कृतिको खोज र प्रवद्र्धनसँगै मानवीय सेवाका क्षेत्रमा पनि अभियान समर्पित छ ।” भीमबहादुरको उपचारका लागि अर्गल खेलकुद विकास मञ्चले पनि आर्थिक अभियान थालेको जनाइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार