Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बेनी–जोमसोम सडक क्षेत्रका संरचनाको क्षतिपूर्ति वितरण सुरु


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

म्याग्दी। राष्ट्रिय गौरवको काली गण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १७८ घर÷गोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न थालेको हो ।

आयोजनाको कार्यालयका प्रशासन प्रमुख नारायण पौडेलले ११ मिटर फराकिलो हुने स्तरोन्नतिका क्रममा रहेको सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नाप जाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण सुरु गरेको बताए ।

“मुस्ताङको जोमसोमस्थित कार्यालय र म्याग्दीको गलेश्वरममा रहेको सम्पर्क कार्यालयमा संरचनाका धनीबाट निवेदन सङ्कलन गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने “सबै संरचनाको क्षतिपूर्ति दिन रु आठ करोड बजेट माग गरिएकामा पहिलो चरणमा रु तीन करोड आइसकेको छ ।”

म्याग्दी र मुस्ताङका लागि रु एक करोड ५० लाखका दरले प्राप्त भएको बजेट वितरण गरेपछि दोस्रो चरणमा थप बजेट मागिने पौडेलले बताए । म्याग्दीमा ८० र मुस्ताङका ९८ घर, टहरा तथा गोठ हटाउन सम्बन्धित धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन लागिएको आयोजनाका इन्जिनियर आशिष मानन्धरले बताए।

बेनी—जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जीनियरको नेतृत्वमा प्राविधिक टोलीले नाप जाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो । नाप जाँच गरेको दुई वर्ष छ महिनापछि क्षतिपूर्ति उपलब्ध गराउन थालिएको हो ।

संरचनाको क्षतिपूर्ति उपलब्ध गराउन विसं २०७५ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजना, मालपोत र नापी कार्यालयका प्रतिनिधि रहेका दुई जिल्लाका फरक–फरक क्षतिपूर्ति निर्धारण समिति गठन गरिएको थियो । पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैङ्क खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

चीनको सिमाना कोरलानाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । बेनी–जोमसोमको ६५ प्रतिशत र ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकको ९० प्रतिशत प्रगति भएको आयोजनाका इन्जिनियर आश्विनीकुमार यादवले बताए । जोमसोम–कोरला सातमध्ये चार प्याकेज निर्माण सकिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार