Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

अस्पताल बसेरै न्यायको पर्खाइमा दुर्घटनाका घाइते दम्पती


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

झापा । शिवसताक्षी नगरपालिका–२ निवासी घाइते दम्पती यामबहादुर श्रेष्ठ र सनम श्रेष्ठ उपचारका क्रममा बिर्तामोडको बिएण्डसी हस्पिटलमा छन् । उनीहरुले आफूलाई घाइते बनाउने ट्रक सञ्चालकबाट उपचार खर्च तिर्न लगाउन र भरणपोषणका लागि क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
उपचार खर्च व्यहोर्नुपर्छ भनेर ट्रक धनी तथा रिजाल ग्याँस इण्डस्ट्रिजका सञ्चालक नवीन रिजाल सम्पर्कमा नआउनुभएको घाइते यामबहादुरका भाइ खेमबहादुरले बताए ।

विसं २०७७ फागुन १९ गते कनकाईको सुरुङ्गास्थित महेन्द्र राजमार्गमा रिजाल ग्याँसको को१ख १६८४ नंको ट्रकले प्रदेश १–०१–००१च०१६७ नंको कार र प्रदेश १–०१–०१३प१७८३ नंको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको थियो भने मोटरसाइकलमा रहेका दम्पती गम्भीर घाइते भएका थिए ।

श्रेष्ठ दम्पतीको उपचारमा लागेको खर्च रु ४४ लाख पुगिसकेको छ । त्यसमध्ये रु ११ लाख परिवारका तर्फबाट व्यहोरिएको छ । घाइते पक्षले पूरै उपचार खर्च ट्रक सञ्चालकले व्यहोर्नुपर्ने माग गरेको छ । दुर्घटनालगत्तै ट्रक सञ्चालक पक्षबाट घाइतेको उपचारमा रु दुई लाख जम्मा गरेको र त्यसपछि फोन गर्दासमेत सम्पर्कमा नआएको पीडित पक्षको गुनासो छ । त्यहीकारण क्षतिपूर्ति र उपचार पाऊँ भन्ने माग गर्दै श्रेष्ठ परिवारका पक्षबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको घाइतेका मामा कृष्णकुमार राईले बताए।

जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी उजुरीको चाँडै किनारा नलाग्दासमेत घाइते पक्ष तनावमा परेको छ । “हामीले दिएको उजुरी सिडिओ कार्यालयले हेरिरहेको छ, तर निर्णय आउन धेरै ढिला भइसक्यो”, घाइतेका भाइ खेमबहादुर भने, “जसले ठक्कर दिएको हो, उनीहरु सम्पर्कमै आउँदैनन्, बिरामी छ महिनादेखि अस्पतालमा हुनुहुन्छ, कोरोनाका कारण जारी लकडाउनले गर्दा मुद्दामा फैसला ढिलो भएको भन्नुहुन्छ, छिटोभन्दा छिटो फैसला आउँछ र न्याय पाउँछौँ भनेर हामी पर्खिरहेका छौँ ।”

श्रेष्ठ दम्पतीको उपचार लगभग पूरा भए पनि घाइते बनाउने ट्रक सञ्चालक पक्षबाट उपचारको जिम्मेवारी वहन नगरिएको कारण उनीहरु जिल्ला प्रशासन कार्यालयमा विचाराधीन क्षतिपूर्तिसम्बन्धी मुद्दाको छिनोफानो नभइञ्जेलका लागि भन्दै अस्पतालमै बसिरहनुभएको बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार