Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

डुग्रीखोलामा पुल बनाउन माग


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बझाङ ।जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ। तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गरे।

सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु बजारसम्म पु-याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताए । ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा समेत छैन । उनले भने,“स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युत्का लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन । ”

उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिए । उनले भने, “छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ ।” हाल पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार