Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पाँच दिनदेखि सिमकोट अन्धकारमा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सिमकाेट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिका विद्युत् सेवा अवरुद्ध हुँदा पाँच दिनदेखि यहाँका नागरिक अन्धकारमा बस्दै आएका छन्। बुधबार रातिदेखि हेल्दुङ वितरण केन्द्रले मर्मतका लागि बन्द गर्दा यहाँका सेवाग्राहीले पुरानै सल्लाको दियालोका भरमा रात कटाउनु परेको छ।

हिल्दु साना जलविद्युत् आयोजनाद्वारा विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटमा सञ्चालित इलोक्ट्रोनिक पसल व्यवसायी र सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह गर्न समेत थप समस्या बनेको छ। यसबाट मोबाइल चार्जदेखि अन्य विद्युत्बाट गरिने कार्य प्रभावित भएका हुन्। सिमकोटमा रहेका एक दर्जन बढी बैंक तथा वित्तीय संस्थालाई दैनिक काममा बाधा पुगेको छ।

यस्तै नेपाल टेलिकम शाखा हुम्लाले विद्युत् सेवा अवरुद्ध हुँदा जेनेटरबाट टेलिकमका सम्र्पूण सेवा सञ्चालन गरिरहेको छ । विद्युत् नहुँदा राति १० देखि बिहान ६ बजेसम्म टेलिकमका सम्पूर्ण सेवा बन्द हुने गरेका छन् । कार्यालयमा रहेका सोला सिस्टमले काम नगर्दा जेनेटरको प्रयोग गरेर सेवा प्रवाह गरिरहेको बताइएको छ।

सिमकोटमा रहेका दुई सामुदायिक रेडियोलाई प्रत्यक्ष प्रशारणमा थप समस्या बनाएको छ। सिमकोटमा रहेका सामुदायिक रेडियो कर्णाली आवाज र रेडियो कैलाश एफ एमको नियमित प्रसारणमा विद्युत् आपूर्ति बन्द हुँदा बन्द गर्नु परेको छ। दैनिक दश घण्टा सञ्चालन गर्दै आएका जिल्लाका सामुदायिक रेडियोले आफ्नो प्रशारणलाई बाधा पुगेको रेडियो कर्णाली आवाजका निमित्त इस्टेशन इन्चार्ज सुरेश परियारले जानकारी दिए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार