Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

धौनाखोलीमा प्रहरी चौकी स्थापना


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गरे ।सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दा लगायतको उपस्थिति थियो । प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

तत्काललाई उक्त चौकीमा प्रहरी हबल्दारको नेतृत्वमा छ प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएको छ । हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् ।

– रासस
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार