Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

महानगर प्रमुख सरावगीद्वारा खातुनको उपचारमा सहयोग


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गरेका छन् ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेका ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गरेका हुन् । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उनको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गरेका हुन् ।

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उनलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गरेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार