Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बालविवाह रोक्न प्रोत्साहन भत्ता


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

चितवन । चेपाङ समुदायमा बालविवाह बढेपछि राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप रु १५ हजार प्राप्त गरेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार २० वर्षसम्म विवाह नगरी स्नातक अध्ययन गरिरहेकी प्रजाबाट प्रोत्साहन रकम वितरणको सुरुआत गरिएको हो ।

उनले भने, “२० वर्षका उमेरमा तीन सन्तान बोकेर आमा आउने गरेपछि बालविवाह निरुत्साहित गर्न प्रोत्साहन रकम दिन थालेका हौंँ ।” उनका अनुसार पढ्दा पढ्दै ११ वर्ष देखिनै चेपाङ छात्रा विवाह गरेर जाने गर्दछन् । यसका कारण बीचैमा पढाइ छोड्ने गरेको उनी बताउछन् ।

केही वर्ष अघिसम्म भर्ना दर ९० प्रतिशत रहेकामा हाल शतप्रतिशत भए पनि बीचैमा पढाइ छोड्ने धेरै भएको नगरप्रमुख बराल बताउछन् । धेरैले कक्षा ८ सम्म पढेपछि पढाइ छोड्ने गरेका छन् । बीचमानै पढाइ नछोड्नु र उमेर पुगेपछि मात्र विवाह गरुन भन्ने उद्देश्यले नगरपालिकाले यसै वर्षबाट प्रोत्साहन रकम दिने नीति बनाएको हो ।

सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा ८ हजार चेपाङ समुदाय रहेका छन् । आर्थिक हिसाबले पछाडि परेका चेपाङलगायतका समुदायका लागि नगरपालिकाले तीन छात्रबास सञ्चालन गरेको छ भने लक्ष्मी प्रतिष्ठान नामक संस्थाले एउटा छात्रबास सञ्चालन गर्दै आएको छ ।

छात्रबासमानै रहेर अध्ययन गर्दागर्दै विवाह गरेर माथिल्ला कक्षामा छात्राको सङ्ख्या घट्दै जाने गरेको उनले जानकारी दिए । उनले भने, “हाम्रो यहाँ बच्चाले बच्चा पाउने गर्दछन् । यसलाई रोक्न हामी लागि परेका छौ ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार