Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई कठिन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

कैलाली । टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ । यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे । बाढीपछि जानकीलाई तीन छोरी र सानो १० महिनाको बच्चा लिएर घर बाहिर बस्न निकै गाह्रो भयो । दुई दिन विद्यालयको बासपछि जानकी घर त फर्किइन् तर पोषिलो खानुपर्ने, बच्चालाई पोषिलो खुवाउनुपर्ने बेला जानकीको घरमा अन्नकै समस्या छ । “दुई दिन विद्यालयमा बस्यौँ, विद्यालयमा चाउचाउ, चिउरा खाएर बस्नुप-यो, टन्न पानी खान पनि कठिन भयो”, जानकीले भनिन्, “यस्तो बेला बच्चाको स्याहार गर्न सकिएन, अहिले पनि खाद्यान्न भिजेकाले समस्या भएको छ ।”

कैलालीमा कात्तिकको पहिलो साता आएको बेमौसमी बाढीले ठूलो क्षति गरेको छ । अकस्मात वर्षापछि आएको बाढीले गर्भवती, सुत्केरी तथा बालबालिकालाई बढी प्रभावित गरेको छ । टीकापुरकी मीना रावलको पनि १३ महिनाको बच्चा छ । बाढी आएपछि मीना रातभरि सुत्न सकिनन् । बाढीपछि मीनालाई बच्चा लिएर कहाँ जानु भन्ने पीरले सतायो । खेतको धान सबै बाढीले बगायो । जानकीजस्तै मीनालाई पोषिलो खाना त परै जाओस् अचेल छाक कसरी टार्ने भन्ने पीर परेको छ । “यहाँ ममात्रै होइन, हामी सबै समस्यामा छौँ, यहाँ छाक टार्न नसक्ने अवस्था आएको छ”, मीनाले भनिन्, “पोषिलो खानेकुरा कहाँबाट पाउनु रु अब यस वर्ष भएको नोक्सानको असर हाम्रो स्वास्थ्यमा पर्ने भएको छ ।”

बाढीको समयमा सुत्केरी, साना बच्चा, गर्भवतीलाई बढी समस्या भयो । उनीहरुलाई बच्चा लिएर हिँड्न, बच्चा स्याहार्न कठिन भयो । महिलालाई बाढीको समयमा मात्र होइन बाढीको असर अहिलेसम्म परिरहेको छ । टीकापुरकै जानकी न्यौपानेको एक वर्षको बच्चा छ । बाढी आएपछि जानकीको परिवार राति आफन्तको घरमा आश्रय लिन गयो । घरमा बच्चाका लुगाकपडा सबै भिजे । त्यसले बच्चा स्याहार्न समस्या भयो । “बाढी आएपछि आफन्तको घर गएर बस्यौँ, घरमा भएका लुगाकपडा सबै भिजेकाले बच्चालाई लुगा अभाव भयो”, जानकीले भनिन्, “लगातार वर्षा, त्यसैमाथि पर्याप्त लुगा नभएपछि बच्चालाई चिसोले च्याप्यो, एकातिर तनाव, अर्कोतिर बच्चाको चिन्ताले च्याप्यो ।”

नगरपालिकाले स्वास्थ्य सचेतना फैलाउन जनचेतनामूलक कार्यक्रमसमेत थालेको उनको भनाइ छ । गर्भवती, सुत्केरी तथा बालबालिका जहिले पनि विशेष अवस्थामा हुन्छन् । अन्य मानिसभन्दा उनीहरुलाई विशेष स्याहार र खानपानको आवश्यकता हुने भएकाले सरकारले राहत दिँदा उनीहरुलाई प्राथमिकतामा राखेर दिन आवश्यक रहेको स्थानीय विमला सुनारको माग छ ।

यतिखेर सरकारले बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । सरकारलाई राहतमा सङ्घसंस्थाले सघाइरहेको छन् । टीकापुर नगरपलिकामा मात्रै सयौँ बाढी प्रभावित परिवार छन् । जहाँ सयौँ महिला सुत्केरी तथा गर्भवती छन् । उनीहरुलाई ध्यानमा राखेर पोषयुक्त खाद्यान्न तथा सामग्री राहतस्वरुप दिन जरुरी छ । बाढीपछि नगरपालिकाले सङ्घसंस्थाको सहकार्यमा हरेक वडामा आपतकालीन पोषण वितरण थालेको छ ।

सेवक नेपाल नामक संस्थाले सुत्केरी, गर्भवती र दुई वर्षमुनिका बच्चालाई पोषिलो पीठो वितरण गरिरहेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताए । “हामीले राहत वितरण गर्दा पोषणयुक्त खाद्यान्न वितरण गर्न पालिकालाई समेत आग्रह गरेका छौँ, त्यसका साथै स्वास्थ्यका अन्य क्रियाकलापसमेत सुरु गरेका छौँ”, रावलले भने, “स्वास्थ्य परीक्षण, गर्भवती, सुत्केरी र बालबालिको उपचारमा विशेष महत्व दिएर उपचार सेवा र परामर्श दिन स्वास्थ्यकर्मीलाई समेत खटाएका छौँ ।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार