मुलुक पुरानो व्यवस्थामा नफर्कने :अध्यक्ष प्रचण्ड

काठमाडौँ, २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताउनुभएको हो ।

राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने समेत अध्यक्ष दाहालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार