नेपाल पर्वतीय पर्यटनको आकर्षक गन्तव्यः मन्त्री राई

काठमाडौँ, २९ जेठः रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताउनुभयो ।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताउनुभयो ।

मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गर्नुभयो ।

मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उहाँको भनाइ छ ।

मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताउनुभयो ।

यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार