कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, असार १० गते। कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको हो। पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थियो।

महाशाखाको तथ्यांक अनुसार २४ घण्टामा सात जनामा कोरोना पुष्टि भएको मध्ये एक जना सङ्क्रमितको मृत्यु भएको हो।नेपालमा पुस यता २५ जिल्लाबाट १८७ जनामा कोरोना पुष्टि भएका छन्। कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएका छन्।

उहाँ भन्नुहुन्छ, “नेपालमा हाल ओमिक्रोनको नयाँ पुस्ता पुष्टि हुने क्रम जारी छ।हाल सातवटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी तीन, एउटामा एक्सएफजी ३।१ र दुई वटामा जेएन १ पुष्टि भएको परीक्षणले देखाएको छ ।”

विशेषगरी भारतबाट फर्कनेमा सिमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रममा बढ्दो रहेको डा. बुढाथोकीको भनाइ छ।

ओमिक्रोनको सब भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ–२ भाइरसको ओमिक्रोनको विकासित रुप हुन्।भाइरस लगातार अनुवंशिक पमा परिवर्तन भइरहन्छ।यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार