चितवन, ११ असार । चितवनमा श्रीमान–श्रीमतीले एकैपटक भिरबाट हाम फालेका छन् ।
राप्ती नगरपालिका–४ का लीलाबहादुर र श्रीमती ४२ वर्षीया कुमारी प्रजाले घर नजिकैको भिरबाट हाम फालेका हुन् ।
हाम फाल्दा कुमारीको घटनास्थलमै मृत्युु भएको हो भने श्रीमान गम्भीर घाइते भएका छन् । घरायसी विवादका कारण उनीहरूले हाम फालेका प्रहरीले जानकारी दिएको छ ।
लीलाबहाजुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।