सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एकैदिन एक हजार छ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ४५ रुपैयाँले घटेर तोलाको दुई हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार