पर्सा – पर्साको वीरगञ्जमा अहिलेसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ जना पुगेको छ । वीरगञ्ज महानगरपालिकामा हैजा रोकथाम र नियन्त्रणका लागि ३ वटै सरकारले प्रयास गरिरहेका छन् ।
अस्ति बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला परेका जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न अस्पतालमा झाडापखाला तथा हैजाका १ सय ६६ जना बिरामीको उपचार भइरहेको छ । केही बिरामी उपचारपछि घर फर्किएका छन् ।
अहिलेसम्म अस्पताल पुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३ सय ४४ रहेको छ । यसमध्ये २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १ सय २२ जनाको जनरल वार्डमा उपचार भइरहेको स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो ।