Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

नेवार समुदायमा गठेंमंगाः चहे पर्व मनाइँदै


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

भादगाउँ ।  कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायमा घर शान्तिको कामना गर्दै गठेंमंगाः चहे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गठेंमंगाः च¥हे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या ९भूत मन्छाउने कार्य० यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरु बताए ।

नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा ९एक प्रकारको माटोको भाँडो०मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोलबाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भूत मन्छाउने कार्य गर्दछन । बौ वाय् ज्या गर्ने क्रममा कसैकसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।

बौ वाय् ज्या सँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ। वयस्क युवतीहरुले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या ९छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने० गरिन्छ। छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास ९नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ० मा लगेर सेलाउने गरिन्छ। यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।

गठेंमंगाः च¥हेकै अवसरमा भक्तपुर नगरका टोलटोलमा नर्कट र छ््रवालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ। सो आकृतिसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको खोलामा लगेर जलाइन्छ ।

गठेंमंगाः च¥हेलाई किसानहरुले “सिनाज्या ब्यंकेगु” ९रोपाईं कार्य सम्पन्न भएको० र चाडपर्व सुरुआत भएको सङ्केत पर्वका रूपमा पनि लिने गर्छन् । नेवार समुदायमा रोपाईं सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा “सिनाज्या ब्यंकेगु” पर्व मनाइने गरिन्छ।

नेवार समुदायमा गठेंमंगाः च¥हे पर्व प्राचीन कालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताए। यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने तथा व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने उनले बताए ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा श्रेष्ठले बताए ।

गठेंमुंगाः च¥हे पर्वसँगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत गठेंमंगाःसँगै सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार