Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

एक वर्षमा २८ हजार सवारीसाधन कारवाहीमा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

चन्द्रौटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले एक वर्षमा २८ हजार ७८८ सवारीसाधनलाई कारवाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरी सञ्चालनमा रहेका सवारीसाधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ।

उक्त कारवाहीमा परेका सवारीसाधनबाट रु एक करोड ७८ लाख ६३ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६\७७ मा कूल १६ हजार ८७ सवारी कारवाहीमा परेका थिए । त्यसबाट रु ८८ लाख ६० हजार राजस्व सङ्कलन भएको थियो ।

सवारीसाधन कारवाही भएकामध्ये सबैभन्दा बढी ट्रक छन् । ट्रक मात्र २१ हजार ७८३ कारवाहीमा परेका छन् । दोस्रोमा मोटरसाइकल तीन हजार २८८ कारवाहीमा परेका छन् । त्यसैगरीे कारवाहीमा परेका जीप, कार दुई हजार २९१, बस ४७१ रहेका छन् भने ट्याक्टर ६८३ र अटोरिक्सा २७२ गरी कूल २८ हजार ७८८ सवारीसाधन कारवाहीमा परेका प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार