Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बागलुङमा लोकबाजा सङ्ग्रहालय बन्दै


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बागलुङ ।काठेखोला गाउँपालिका–४ तङ्ग्राममा लोकबाजा सङ्ग्रहालय बन्ने भएको छ । यसका लागि गाउँमैत्री अक्षयकोषले पूर्वाधार निर्माण र लोकवाद्ययन्त्र सङ्कलनको काम अघि बढाएको छ।

विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका बाजा सङ्कलन भइसकेको कोषका अध्यक्ष एवं सङ्गीतकर्मी हेमराज आश्रमले जानकारी दिए । उनका अनुसार आगामी पाँच वर्षभित्रमा सङ्ग्रहालय पूर्ण स्वरुपमा सञ्चालनमा आउनेछ । भवनलगायत संरचना बनाउने कामका लागि गण्डकी प्रदेश सरकारले चालु आवमा ५० लाख बजेट विनियोजन गरेको छ । गत आवमा पनि प्रदेश सरकारबाट १० लाख बजेट आएको थियो।

उक्त बजेटमध्ये पाँच लाख नगरा (दमाहा) र बाँकी कार्यालय भवन बनाउँदा खर्च भइसकेको छ । सङ्ग्रहालयको प्रारम्भिक काममध्ये २ सय ८० किलोको नगरा (दमाहा) हालै मात्र निर्माण गरिएको उनको भनाइ छ । उक्त नगरा ‘देशकै ठूलो’ भएको अक्षयकोषको दाबी छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा भने त्यसअघि नै राखिएको थियो।

“लोकवाद्ययन्त्रको सङ्कलन र संरचना निर्माणको काम सँगसँगै भइरहेको छ”,उनले भने, “सङ्ग्रहालयका लागि चाहिने मुख्य भवनमा बजेटले भ्याएसम्मको काम यही वर्ष हुन्छ, बाँकी आगामी वर्षमा हुँदै जान्छ ।” तीनतले भवनको पहिलो तलामा नेपाली, दोस्रोमा विदेशी लोकबाजा र तेस्रोमा नेपालको परम्परागत संस्कृति झल्काउने वेशभूषा, सामग्री आदिलाई सङ्ग्रह गरिनेछ । भवनका लागि अहिले रहेको जग्गा अपुग भएपछि थप एक रोपनी जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको छ।

विसं २०६६ मा स्थापित अक्षयकोषले सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा पहिले नै व्यवस्थापन गरेको थियो । लोकबाजा सङ्ग्रहालयले नेपाली संस्कृतिको प्रवर्द्धनमा नयाँ आयाम थप्ने वाङ्मयसेवी एवं काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य टीका सङ्गम विकले बताए । “सङ्ग्रहालय बनेपछि त्यसले जिल्लामा पर्यटकीय आकर्षण पनि बढाउँछ”, उनले भने, “विश्वभरका लोकबाजा एकै ठाउँमा अवलोकन गर्न पाउनु, तिनबारे बुझ्न पाउनु हाम्रा लागि धेरै महत्वपूर्ण छ ।” गाउँपालिकासहित स्थानीय क्षेत्रबाट पनि सङ्ग्रहालय निर्माणमा हातेमालो हुनुपर्ने उनको भनाइ छ।

सङ्ग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि जारी छ । देश–विदेशबाट स्वतःस्फूर्तरूपमा सहयोग आउने क्रम सुरु भएको कोषले जनाएको छ। गाउँपालिकासँगको साझेदारीमा छिट्टै महिलालक्षित मादलवादनको कार्यशाला चलाउने योजनामा कोष छ । “पछि सारङ्गीलगायत अन्य लोकबाजाको प्रशिक्षण पनि चलाउने सोच बनाइरहेका छौँ”, अध्यक्ष आश्रमले भने । सङ्ग्रहालयमा ‘विश्वकै सबैभन्दा ठूलो’ हार्मोनियम पनि राखिने उनले सुनाए। लोकबाजा सङ्ग्रह गर्ने र त्यसलाई सांस्कृतिक सङ्ग्रहालयका रूपमा विकास गर्ने अक्षयकोषको वर्षौ पहिलेको सपना अब भने पूरा हुने भएको छ।

यसअघि आर्थिक स्रोतको जोहो नहुँदा सङ्ग्रहालय बनाउने योजना अन्योलमा परेको थियो । प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि कामले गति लिएको हो । प्रगतिशील गायन र सङ्गीतकर्ममा तल्लीन आश्रमकै विशेष पहलमा स्थापित अक्षयकोष कला, सङ्गीत र साहित्यको उत्थानमा क्रियाशील छ। उक्त संस्थाले वर्षेनी गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ । गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ।

अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तण गर्ने योजनमा अध्यक्ष आश्रम हुन्छ । “संस्था स्थापनाकालमा कोही व्यक्ति विशेषको योगदान रहेको भए पनि यो समुदायको साझा सम्पत्ति हो”, उनले भने।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार