Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

आठ पक्की पुल निर्माण


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

वाग्मती । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ ।

ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निमार्ण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए । साथै सङ्घीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२.३६ किलोमिटर सडक कालोपत्र गरेको छ।

त्यस्तै १९.१० किमी सडक ग्राभेलसमेत गरेकोे छ । साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ । राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०.६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६.७० किलोमिटर सडक मर्मत गरिएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले जानकारी दिए।

कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको उनले बताए।

यसैबीच हेटाँैडा उपमहानगरपालिका–६ स्थित शान्तिटोलमा रु १७ लाख लागतमा शान्तिटोल विकास संस्थाका लागि भवन निर्माण गरिएको छ । उपमहानगरपालिको रु सात लाख र विभिन्न सङ्घसंस्था र व्यक्तिका सहयोगमा सो भवन निर्माण भएको संस्थाका अध्यक्ष केशव धितालले जानकारी दिए। भवनमा चार कोठा छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार