Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सिमकोट आउन थाल्यो गाउँको ताजा तरकारी


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सिमकोट । वर्षायाम सुरु भएसँगै हुम्लाको सदरमुकाम सिमकोटमा गाउँका ताजा तरकारी आउन थालेको छ ।

ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी आउनाका साथै खपत पनि राम्रो हुने गरेको हो।

बजारमा फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, गोलभेडालगायतको बिक्री बढेको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी बलवान बोहराले  खार्पुनाथ गाउँपालिका–४स्थित नल्ला र छिप्रा गाउँमा उत्पादित गोलभेँडाले छिमेकी गाउँपालिकामा पनि बजार पाएको छ।

घरघरमै टनेल बनाएर गोलभेँडा खेती सुरु गरिएको छ। यसको उत्पादन बढेर छिमेकी गाउँपालिकामा पनि बिक्री गरी आम्दानी बढाउन यहाँका किसान सफल भएका हुन्।

बिहानै सदरमुकाम सिमकोटमा गोलभेँडा बिक्री गर्न आएका छिप्राका प्रगति रावलले गाउँमा उत्पादन भएको गोलभेँडाले सिमकोटमा राम्रो बजार पाएको छ भने ।

गोलभेँडा पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म गोलभेँडा सिमकोटसम्म पुर्याएर बिक्री गर्दै आएको छ। प्रतिकेजी रु २०० मा बिक्री हुने गोलभेँडाबाट दिनमै रू आठ हजारसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए।

ती गाउँका ३० घरधुरीले यो खेती गर्दै आएका हुन्। यहाँको उत्पादनले अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भइ आउने गोलभेँडाको भर पर्नुपर्ने बाध्यता टरेको छ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार