Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

आगलागीबाट आठ पसल जलेर नष्ट


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सुनसरी । सुनसरीको धरान–२ स्थित घण्टाघर पछाडि गएराति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो ।

आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको राससले जनाएको छ ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार