Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

मासुको डल्लो पलाएर अनुहार छोपियो, उपचार पाइएन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

झापा । निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ ।

गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहनुभएका विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उनलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् ।

“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उनले रासससँग भने । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उनले बताए।

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आउनु भएका उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोख्नुभयो । उनको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उनको भनाइ छ।

काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उहाँ मङ्गलबार मेचीनगर नगरपालिकाकाप्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुग्नुभएको थियो । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिए। नगरका प्रमुखलाई भेटाउन सहयोग पु¥याउनु भएकी स्थानीय सामाजिक कार्यकर्ता निर्मला भण्डारीले शारीरिक अशक्त भएको हुँदा विष्णुमायालाई अपाङ्गता परिचयपत्र बनाउन सकेमा सामाजिक भत्ता पाएर जीविका चलाउन सहज हुने बताए ।

अपाङ्गता प्रमाणपत्रका लागि पहल गरिदिन उनले नगरपालिकाका प्रमुख आचार्यलाई अनुरोध गरे । उपचारका लागि निःशुल्क व्यवस्था हुनसके नयाँ जीवन पाउने उहाँले बताए।

दृष्टिविहीन अनलाइन शिक्षाबाट वञ्चित झापामा रहेका २६ जना दृष्टिविहीन विद्यार्थी इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट वञ्चित भएका छन् ।

संवाद समूहले मङ्गलबार विर्तामोडमा आयोजना गरेको एक कार्यक्रममा नेत्रहीन सङ्घ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले २६ जना दृष्टिविहीन विद्यार्थी अनलाइन शिक्षाबाट वञ्चित भएको, खाद्यान्न, सेतो छडी, ह्वील चियर, श्रवणयन्त्र, लत्ताकपडा, जुत्तालगायतको अभाव रहेको बताए ।

जिल्लामा हालसम्म तीन जना दृष्टिविहीन कोभिड– १९ बाट सङ्क्रमित भइसकेको र अपाङ्गता भएकाहरुले मनोसामाजिक परामर्श नपाएको नेत्रहीन सङ्घ झापाका सचिव भोजकुमार तामाङले बताए।

सडकपेटीमा गीत सुनाएर जीवन निर्वाह गर्दै आएका दृष्टिविहीन र अपाङ्गता भएकाले उत्पादन गरेको फिनेल, हार्पिक, अगरबत्ती, कुचोजस्ता घरायसी सामग्री निषेधाज्ञाका कारण बिक्री गर्न नपाउँदा हाल भोकभोकैपर्ने अवस्था आएको कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सिर्जना बरालले बताए।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार