Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

थारू समुदायको परम्परालाई सरकारी मान्यता


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बाँके। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले परम्परागत बरघर प्रथालाई कानुनी मान्यता दिएकामा थारू समुदाय उत्साहित छ ।

नेपालमै पहिलोपटक नगरपालिकाको आठौँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल, बरघर र संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ पारित गरी लागू गरेको हो । उक्त ऐनमा बरघरको चयन, कार्यक्षेत्र, काम,कर्तव्य, अधिकारको व्यवस्थाका साथै  नेपाल सरकारको प्रचलित ऐन नियमको विपरीत नहुने गरी कार्य गर्नुपर्ने कुरा उल्लेख छ ।नगरपालिकाले उक्त ऐन जारी गर्नाका साथै ११ वटै वडाका ९० मूल बरघरलाई परिचयपत्र वितरण गरेको थियो ।

उक्त ऐन कार्यान्वयनका क्रममा गत वैशाख ६ गते बरघरसम्बन्धी बृहद् गोष्ठी गरिएको थियो । अठ्ठाइसौँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा परिचयपत्र र प्रमाणपत्र वितरण शुरु गरेकाले उनीहरू उत्साहित भएका थिए ।आफूहरूको आधिकारिकताका लागि पनि परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गोष्ठीमा बरघरहरुले गरेकाले नगरपालिकाले प्रमाणपत्रसहितको परिचयपत्रको व्यवस्था गरेको हो ।

लुम्बिनी प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पहिलोपटक बरघर ऐन बनाएर नगरपालिका नमूनाको रूपमा प्रस्तुत भएको छ भने । यो प्रथा परम्परागत भए पनि लोकतान्त्रिक पद्धतिको एउटा स्वरूप भएकाले यसलाई बचाई राख्नुपर्नेमा जोड दिँदै उनले यस्ता प्रथाले सामाजिक काममा समेत योगदान पुर्याउने हुँदा नगरपालिकाले त्यसलाई मान्यता दिएर ऐतिहासिक कार्य गरेको बताए ।

नगरप्रमुख दुर्गाबहादुर थारू कबिरले बरघरहरुलाई सामाजिक, सांस्कृतिक, धार्मिक र विकास निर्माणका काम गर्नाका लागि यस  ऐनले अधिकार दिएको छ भने । उनले यस ऐनको कार्यान्वयनका लागि बरघरहरुलाई अभिमुखीकरण तालीम दिइने बताए ।

–रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार