Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौँ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ ।

मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष अग्रवालले कोभिड–१९ महामारी तथा अन्य व्यवधानका बाबजुद व्यावसायिक गतिविधि उज्ज्वल देखिएकाले यस किसिमका मेलाहरू बढाउन आग्रह गरे ।

कार्यक्रममा स्टार्स स्कलर्स नेटवर्कका अध्यक्ष प्राडा उत्तम गौलीले विविधतापूर्ण नेटवर्कका माध्यमबाट उनीहरूको भविष्य निर्धारण गरी बजारमा स्थापित हुन सहयोग पुग्ने बताए । मेरो जबका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले वैयक्तिक विवरण लेखन, अन्तर्वार्ता तथा सामूहिक छलफलको मूल्यमाथि केन्द्रित रहन मेला एक अवसर हुने बताए।

स्वतन्त्र विद्युत् उत्पादक सङ्घ नेपालका कार्यकारी समिति सदस्य अभिज्ञा मल्लले वर्तमान उद्योगहरूको प्रभावकारी, उत्पादनशील र परिणाममुखी प्रकृतिका मागप्रति प्रत्येक विद्यार्थी सचेत हुनुपर्ने बताए । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले एड्भान्स्ड कलेज र उद्योगहरूबीच अनन्त सम्बन्ध कायम गर्न मेला आयोजना गरिएको जानकारी दिए ।

सो कलेजका प्रिन्सिपल लोचनलाल अमात्यले आगामी दिनमा समेत उनीहरूको महत्त्वपूर्ण सहयोगको अपेक्षा गर्दै उनले यो भर्चुअल जब मेला उद्योगको मागअनुसार एड्भान्स्ड कलेजका विद्यार्थीको सीप विकास गर्ने प्रयास रहेको बताए ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार