Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बौदीकालीमा विद्युतीकरणको काममा ढिलाइ


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

कावासोती।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा विद्युतीकरणको काममा ढिलाइ भएको छ। बौदीकाली–३ र ४ का बासिन्दाको घरमा बिजुली बाल्ने योजनासहित सुरु भएको विद्युत् विस्तारको काम अझै सम्पन्न हुनसकेको छैन ।

पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको अढाइ वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन। गत वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ। विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो ।

विसं २०७६ को माघ महिनादेखि यहाँ पोल गाड्ने काम सुरु भएको थियो। अघिल्लो वर्षको चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि बिजुली भने अझै पुग्न सकेको छैन। कोभिडको पहिलो लहर सुरु भएपछि लकडाउनको बेला लामो समय काम रोकिएको थियो ।

गत चैतदेखि केही पोलमा तार टाङ्ने काम सुरु गरिए पनि पुनः दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण करिब दुई महिना काम भएपछि अहिले ठप्प बनेको स्थानीयवासी अगुवा कुलमणि ढुङ्गानाले बताए ।

“हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारले यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन्। देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ। काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो”, ढुङ्गानाले भने ।

“गाउँमा बत्ती आए धेरै सुविधा हुने थियो, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने थियो। विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन्”, स्थानीयवासी कृष्णप्रसाद पराजुलीले भने, “विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन्। बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?, सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु मेसिन चलाउन, पङ्खा चलाउन सबै सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।”

गत वर्षको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले समयमा काम गर्न नसकिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जीनियर कविन्द्रकुमार झाले जानकारी दिए। समय थप गरेर केही समय काम सुरु गरेको भए पनि दोस्रो लहरको कोभिडले प्रभावित भएको उनको भनाइ छ। स्थानीयवासीले बारम्बार ताकेता गरिरहेकाले काम छिट्टै सम्पन्न गर्र्ने प्रयासमा लागेको उनले बताए ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार