Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बर्दियामा बङ्गुर मिसन कार्यक्रम


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बर्दिया । बङ्गुर मिसन र मकै मिसन कार्यक्रम हबका रुपमा विकास हुँदै गएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति र आर्थिक वर्ष २०७८/७९को कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो ।

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरे । उनले गत आवमा १४ करोड १६ लाख ४४ हजार बजेटमध्ये गत वर्ष नौ करोड ५७ लाख बराबरको कार्यक्रम तथा खर्च गरेको जानकारी दिए ।स्मार्ट कृषि गाउँ कार्यक्रमतर्फ मकै, आलु, बाख्रा, बङ्गुरको मूल्य शुङ्खला विकासमा अब्बल बन्दै दिगो व्यावसायिक उत्पादन सुरु भएको उनले बताए। आव २०७७/७८ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको ६७.५६ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

आव २०७७/७८को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण गर्दै कार्यालय प्रमुख घिमिरेले करार खेती कार्यक्रममा लक्ष्यअनुसार ६० हेक्टरमा कार्यक्रम सञ्चालन भएकोमा खाद्यान्नबालीमा संलग्न कृषक क्रमशः बीउ उत्पादनतर्फ आकर्षित भएको बताए ।यहाँको घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्क पठाइएको र स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसँगै घ्यूपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणका लागि नार्कमा पठाइएको उनले जानकारी गराए ।

बङ्गुर स्रोत केन्द्र, बङ्गुर मिसन र बङ्गुर स्मार्ट गाउँ केन्द्रित रहेको बारबर्दिया र बाँसगढी क्षेत्र बङ्गुरको हबका रूपमा विकसित भइरहेको उनले बताए । चालु आवमा सो कार्यक्रमका लागि १७ करोड ९३ लाख कूल बजेट छुट्टयाइएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार