Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

थलारा माविमा सेनेटरी प्याड मेसिन


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बझाङ । छविसपाथिभेरा गाउँपालिका– ५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान गरिएको छ। महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले जानकारी दिए ।

मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए। छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो ।

मेसिन जडान गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएका बेला विद्यालय छाड्नुपर्ने छात्राको बाध्यता हट्ने विश्वास व्यक्त गरे। उनले भने, “सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता हटेको छ। यसले छात्रा नियमित विद्यालय आउने वातावरण बन्ने मैले विश्वास गरेको छु ।”

यसकोे व्यवस्था र उचित शौचालयको व्यवस्था नहुनुले महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक धामीले बताए। उनले भने, “अहिले हाम्रो विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय पनि छ। सेनेटरी प्याड मेसिन पनि हामीले जडान गरिसकेका छौँ। यसले छात्रा नियमितरुपमा विद्यालय आउन सहयोग हुनेछ।”

हाल विद्यालय बन्द रहेकाले मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकालाई वितरण गर्नका लागि स्मार्ट कार्ड पनि विद्यालयलाई हस्तान्तरण गरिसकेको र विद्यालय सञ्चालनमा आएपछि छात्रा र शिक्षिकालाई वितरण गर्ने प्रधानाध्यापक जाग्रीले जानकारी दिए। यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्नीचौर , शान्ति र जनप्रिय मावि बगडगाउँमा मेसिन जडान गरिएको हो ।

विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्रा पनि खुसी छन्। थलारा मावि कक्षा ९ मा अध्यनरत छात्रा जानकी कुमारी जाग्रीले भनिन्, “मेसिन जडानले हाम्रो महिनावारीलाई सहज बनाउनेछ। महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ। यो सुविधा सबै ठाउँमा पुगे झनै राम्रो हुन्थ्यो ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार