Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

‘हेलो सिएम’ कक्षमा गुनासो घट्यो


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सुदूरपश्चिम । प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सिएम’(हेलो मुख्य मन्त्री)  कक्षमा नागरिकको गुनासो आउन छाडेको छ । नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए ।

‘‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो’’, उनले भने,“तर पनि सङ्घीय र स्थानीय तहका सरकार र कार्यालयद्वारा सम्बोधन हुनुपर्ने गुनासोसमेत सम्बोधन गर्न गराउन समन्वयकारी भूमिका निर्वाह गरिरहेकै छौं।’’

आउने गुनासोको सम्बोधनका लागि सम्बन्धित निकायमा लेखी पठाउने गरिएको र प्रदेश सरकार मातहतका कार्यालयमार्फत सम्बोधन गर्न सकिने गुनासाको सम्बोधन भइरहेको शाहले बताए ।  जनताको गुनासो सम्बोधन गर्न र सुझाव प्राप्त गर्न कार्यालयको पहलमा छुट्टै सफ्टवेयर निर्माण भइरहेकोले यो सफ्टवेयर निर्माणपछि गुनासो सम्बोधनको काम प्रभावकारी हुने बताइएको छ ।

‘हेलो सिएम’ कक्षका कर्मचारी देवप्रसाद उपाध्यायले गएको मङ्सिरयता एउटा मात्र गुनासो आएको बताए । ‘‘मङ्सिर महिनामा कैलाली जिल्लाको कैलारी गाउँपालिकामा गरिएको सडक कालोपत्र बारेको गुनासो आएको थियो, त्यसयता कसैको पनि गुनासो आएको छैन’, ’उपाध्यायले भने, ‘‘सडक कालो पत्रसम्बन्धी गुनासो सम्बोधनको पहल गरिएको छ ।’’हेलो सिएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने (टोल फ्रि) टेलिफोन नम्बर १६६०—९१५२७२३को व्यवस्था गरिएको छ । जन गुनासोको सुनुवाइ गर्दै जनतालाई सुशासनको अनुभूति गराउने सोच अनुरुप सुदूरपश्चिम प्रदेश सरकार गठन भएकै वर्ष ‘हेलो सिएम’ कक्षको स्थापना गरिएको थियो ।

यो कक्ष सञ्चालनमा आएको सुरुको वर्षमा भने १६९ गुनासो आएका थिए । आएका गुनासोमध्ये १५२ गुनासाको फछ्र्योट गरिएको थियो । हेलो सिएम कक्ष सञ्चालनको सुरुको वर्षमा सडक पूर्वाधार, विद्युत्, सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अख्तियार दुरुपयोग, कृषि, खानेपानी, वन पर्यटन, मूल्य वृद्धि नियन्त्रण, आर्थिक कारोवार, ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासो पनि बढी सङ्ख्यामा आएका थिए ।

आएको गुनासो सम्बोधन गर्ने क्रममा अनुगमनको व्यवस्था हुन नसक्दा यसवाट सम्बन्धित सेवाग्राहीको गुनासो सुनुवाइ भयो वा भएन भन्ने विषयमा भने जानकारी हुन सकेको छैन ।  मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नै कार्यालयमा सञ्चालनमा गरिएको हेलो सिएम कार्यक्रमको उद्घाटनका क्रममा धनगढीको ट्राफिक व्यवस्थापनको समस्यासम्बन्धी पहिलो गुनासो आएको थियो ।

हेलो सिएम कक्षमा दुर्घटना, विपद् सम्बन्धी घटना र उद्धारबारे, सार्वजनिक निकायबाट हुने सेवा–सुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सेवा सुविधा पाउनमा बाधा अवरोध पु-याइएको, सार्वजनिक निकायको गैरकानूनी कार्य वा त्यस्तो कार्यबाट कसैलाई हानी नोक्सानी पुगेको, लगायतका गुनासोका साथै सुझावसमेत राख्न सकिने व्यवस्था गरिएको छ  । प्रदेश सरकारले वर्षेनि ल्याउने नीति तथा कार्यक्रममा हेलो सिएम कार्यक्रमलाई प्राथमिकताका दिने गरेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार