Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पर्वतको चिसापानी लेकमा व्यावसायिक चिया खेती सुरु


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

पर्वत । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो । चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। उनका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ ।

झण्डै एक दशकदेखि चियाखेती शुरुआत गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको छ । चिसापानी प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ । यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिए। गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ । उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् ।

केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताए। फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो। चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौँ रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो । फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।

उत्पादित बिरुवामध्ये झण्डै १० हजारको सङ्ख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ । फलामखानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो । उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चियाखेतीको सम्भावना छ । गाउँपालिकालाई चियाखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार