Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बैतडीमा अक्सिजन बैंक स्थापना


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बैतडी । भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो ।

कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो।

उनले भने, “कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ।” बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ। अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ ।

कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो। अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए। उनले भने, “तेस्रो लहरको पूर्वतयारीस्वरुप बैंक स्थापनाले महामारी फैलिए पनि उपचारमा सहज हुनेछ ।”

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार