Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

जिल्ला सदरमुकाममै छैन ‘हेलिप्याड’


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

बागलुङ बजारमा जनघनत्वसँगै बस्ती विकास तीव्ररुपमा बढ्दै जाँदा खाली जग्गा पाउन मुस्किल हुन थालेको छ ।पछिल्लो समय स्थानीय तहले सञ्चालन गर्दै आएको ‘एक वडा, एक हेलिप्याड’ले समेत सार्थकता पाउन सकेको छैन । सार्वजनिक स्थान अभावमा थोरै मात्र वडामा हेलिप्याड निर्माण भएका छन् । हेलिप्याड नहुँदा उद्धारमा कठिनाइ भइरहेको बजारबासी बताउँछन् ।

कोरोना महामारीमा यसको अभाव झनै खड्किएको छ । जिल्लामा नेपाली सेना र नेपाल प्रहरीको बाहेक अन्य हेलिप्याड नहुँदा कोरोना सङ्क्रमितका उद्धारमा धौलागिरि क्याम्पसको प्राङ्गणमा हेलिकप्टर अवतरण गर्ने गरिएको छ । सुरक्षाका दृष्टिले हेलिकप्टरका लागि हेलिप्याड नै निर्माण गर्न आवश्यक हुन्छ । राष्ट्रपति उद्धार कार्यक्रमका लागि सरकारले वडा वडामा हेलिप्याड बनाउने योजना बनाए पनि सार्थकता पाउन सकेको छैन । जिल्लाबाट कोरोनाका बिरामीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाइए पनि जिल्ला सदरमुकाममै हेलिप्याड नहुनु दुःखद् रहेको स्थानीय राजन शर्मा बताए।

धौलागिरि अस्पताल परिसरमा लामो समयदेखि हेलिप्याड बनाउन खोजेको भए पनि जग्गा अभावका कारण बनाउन नसक्दा क्याम्पसका भर पर्नुपर्ने अवस्था आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष केबी रानाले बताए। “अस्पतालको जग्गा २५ रोपनी छ । खाली जग्गा निकै कम छ, सुरुमा गुरुयोजना नबनाउँदा आवासीय भवन अस्तव्यस्त रुपमा निर्माण भएका रहेछन्”, उनले भने, “अस्पतालको छतमा हेलिप्याड बनाउन प्रयास गरेका थियाँै, त्यो प्राविधिकरुपमा कठिन र बढी खर्चिलो भएकाले सकिएन, अस्पतालभित्रै हेलिप्याडको खाँचो छ, जग्गा छैन, बागलुङ बजारमा जग्गा खरिद गर्न सक्ने अस्पतालको आर्थिक अवस्था छैन ।” क्याम्पस प्राङ्गणमा हेलिकप्टर अवतरण गर्दा पठन पाठनमा असर पर्दै आएको छ ।

क्याम्पसमा हेलिकप्टर आउँदैछ भन्ने कुरा क्याम्पस प्रशासनलाई समेत सूचना नहुने क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले बताए। “कहिलेकाहीँ त दैनिकजसो हेलिकप्टर आउँछ, हामीलाई थाहा हुँदैन, क्याम्पसमा कहिले पढाइ त कहिले परीक्षा चलिरहेको हुन्छ, व्यावहारिकरुपमा अत्यावश्यक उद्दारमा त हामीले केही भनेका छैनौँ”, उनले भने“ भेटघाट, घुमघाम तथा चुनावी प्रचारमा आउने हेलिकप्टर क्याम्पसमा नराख्दा राम्रो हुन्थ्यो, उपल्लाचौरको ब्यारेक तथा बाङ्गेचौरको खेल मैदान विकल्प हुन सक्छ ।”

हेलिकप्टर ल्याउनेमध्ये केहीले मात्रै क्याम्पसलाई जानकारी दिने गरेको र अरुले हचुवाको भरमा अवतरण गराउँदछन् । हेलिकप्टर हेर्नेको समेत क्याम्पसमा भीड बढ््दा सुरक्षा चुनौतीसमेत बढेको उनको भनाइ छ । शैक्षिक संस्थाभित्र हेलिकप्टर राख्दा क्याम्पस प्रशासनलाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ । जिल्लामा पछिल्लो समय विभिन्न पालिकामा अवतरण गर्न हेलिप्याड बनाएकोले स्थानीय तहसँग समन्वय गरी जिपिएससहितको विवरण तयार पार्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी गशेण गौतमले बताए। वैकल्पिक व्यवस्थापनका लागि क्याम्पसको प्राङ्गण प्रयोगमा ल्याइएको र बजारका अन्य स्थानमा समेत हेलिप्याड निर्माण गर्न आवश्यक भइसकेको उनको भनाइ छ । कोरोना सङ्कटमा हेलिकप्टरबाट सङ्क्रमितको उद्धार व्यापक भएकाले हेलिप्याड आवश्यक भएकाले आपत्कालीन अवस्थामा सुरक्षा निकायको हेलिप्याडसमेत प्रयोग गर्न सकिने उनले बताए।

आर्थिक हैसियत राम्रो भएका चाडपर्वमा घर फर्कदासमेत हेलिकप्टरको प्रयोग गर्दै आएका बताइएको छ । आपत्कालीन अवस्थामा बाहेक अन्य समयमा क्याम्पस हातामा हेलिकप्टर राख्दा समस्या हुने क्याम्पस प्रशासनले जनाएको छ । सो अस्पतालले २०० श्ययामा अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भइरहेको जनाउँदै आएको छ । हालै मात्र अस्पतालको पूरै जग्गामा विस्तृत आयोजना प्रतिवेदन बनाइएको छ भने आगामी दिनमा निर्माण गर्ने अस्पताल भवनका छतमा हेलिप्याड राख्न मिल्ने छत बनाउने उद्देश्य राखिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार