Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

झापा  । विर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ ।

उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामी महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । सो उपकरणले क्यान्सर कहाँ कहाँसम्म फैलिएको छ, उपचार कस्तो भइरहेको छ भनेर पत्ता लगाउने गरिन्छ । यसले गर्दा चिकित्सकलाई क्यान्सरका बिरामीलाई उपचार गर्नका लागि सहज हुने गर्दछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद गर्न अनुमति दिए पनि  सञ्चालनका लागि अनुमति नदिँदा त्यतिकै थन्किएको छ  । कानून बन्न ढिलाइ गरेकाले अस्पतालले क्यान्सर बिरामीको उपचारका लागि ल्याएको उक्त उपकरण सञ्चालनमा समस्या परेको अस्पतालका निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए ।

“सरकारले कानून नबनाएकाले अझैसम्म सञ्चालन गर्न पाएका छैनौँ”, उनले भने, “यसले गर्दा हजारौ बिरामीले उपचार गर्न पाएका छैनन् सञ्चालनका लागि धेरै पटक कानून चाँडो बनाउन भन्यो तर सुनवाइभएको छैन ।”

वन तथा वातावरण मन्त्रालयबाट अस्पतालका लागि यो उपकरण आउछ भनेर वातावरणीय मूल्याङ्कन प्रभाव (इआइए) समेत पास गराए पनि कानून बन्न ढिलाइ भएकाले उपकरण सञ्चालनमा समस्या भएको उनको भनाइ रहेको छ ।

“मन्त्रालयले एक वर्ष अघिदेखि नयाँ ऐन बनाउनुपर्दछ भनेर हामीलाई भनिरहेको छ”, अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईले भने, “उपकरण यतिकै राख्न मिल्दैन । हामीले चलाएका चलै छौँ तर चलाएको उपकरणमा बिरामीलाई उपचार गर्न पाएका छैनौँ ।”

उपकरणद्वारा क्यान्सर रोगको पहिचान गर्न, बिरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ । यसैगरी यस रोगमा प्रयोग भएको औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने, तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्‍याउने समेत उपकरणले गर्ने गर्दछ । बिरामीमा कुन तहको क्यान्सर भएको छ र त्यो कुन अवस्थामा छ भनेर जाँच गर्न यस पेट सिटीस्क्यानको प्रयोग गरिन्छ ।

करिब रु ७० करोडमा खरिद गरिएको उपकरणमा २४ घण्टा वातावरणनुकूलतामा राख्नुपर्ने हुन्छ । उपकरण सञ्चालन नआउँदा मासिक रु २० लाख बैंकसहित अन्यमा खर्च भइरहेको छ । उपकरण सञ्चालनका लागि समेत न्यूक्लियर मेडिसिन चिकित्सकसमेत अस्पतालले एक वर्षदेखि तलब खुवाएर राखिसकेको छ । उपकरण सञ्चालन नभएपछि त्यतिकै ति चिकित्सक बसिरहेका छन् ।

पोखरा, चितवन, काठमाडौँलगायत ठाउँबाट बिरामी अस्पतालमा पेट सिटीस्क्यान उपकरण छ भनेर अस्पतालमा आउने गरेता पनि ती बिरामीलाई उपचार गर्न नपाएको अस्पतालका निर्देशक डा.यादवले जानकारी दिए ।

काठमाडौँमा रहेका दुई प्रयोगशालामा समेत पेट सिटीस्क्यान भए पनि कोभिड–१९ का कारण नियमित हवाई सञ्चालन नहुँदा सञ्चालनमा आएको छैन । नियमित उडान नहुँदा बिरामीको लागि लगाउने रेडियो आइसोटोप ल्याउन नसकेको कारणले काठमाडौँमा रहेका पेट सिटीस्क्यान उपकरण सञ्चालनमा नआएको हो ।

यसले गर्दा अहिले पेट सिटीस्क्यानका लागि क्यान्सरका बिरामी उपचारका लागि कलाकत्ता, नयाँ दिल्ली जाने गर्दछन् । भारत जाँदा करिब रु पाँच लाख खर्च हुने गरेको छ तर नेपालमा अस्पतालले उपकरण सञ्चालनको अनुमति पाए आफूहरुले एक बिरामीको रु ६० देखि ७० हजारमा उपचार गर्ने उनको भनाइ रहेको छ ।

बिरामीका लागि उपचारका लागि उपकरण सञ्चालनसँगै ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ ।

भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको वित्तामोडमा उक्त रेडियो आइसोटोप आइपुग्दछ र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने भएकाले अस्पतालमा पेट सिटीस्क्यान जडान गरिएको अस्पतालका निर्देशक डा यादवले जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार