Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

वाग्मती । प्रदेशको राजधानी हेटौँडामा आज ब्लु डायमण्ड सोसाइटीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम गरिएको छ । सोसाइटीले ‘राइट हियर राइट नाउँ’को सहयोगमा हेटौँडा उपमहानगरपालिका–११ शहीद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो। संस्थाले विगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो।

यस वर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्लाजिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राइट हियर राइट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिए। गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकाले लैङ्गीक तथा अल्पसङ्ख्यकको पहिचानका लागि पनि यो पर्व उचित भएको राईले बताए । इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उनले आफूहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गरे । कार्यक्रममा लैङ्गीक तथा अल्पसङ्ख्यक समुदायका २५ जना सहभागीले स्वास्थ्य मापदण्ड पालना गरी प्लेकार्डसहित गाईजात्रा कार्यक्रम गरेका थिए।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार