Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

साउनमा १४२ मानव अधिकार उल्लङ्घनका घटना


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना भएका जनाएको छ । इन्सेकले आज सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लङ्घनका घटना भएका हुन् ।

इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र अन्य पक्षबाट १३८ पीडित भएका जनाएको छ । त्यसमध्ये प्रदेश नं १ मा २५, प्रदेश नं २ मा ४९, लुम्बिनी प्रदेशमा १९, गण्डकी प्रदेशमा १७, कर्णाली प्रदेशमा १५, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा छ/छ जना पीडित भएका छन् ।

साउनमा पत्नी हत्याका नौ, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको एक, हिरासतमा मृत्युका दुई, एक मानव अधिकार रक्षकसहित नौ जनालाई कुटपिट गरिएको, जातीय विभेदका घटना तीन, पुरुषलाई गरिएको यौन दुव्र्यवहारको घटनामा एक र १५ घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये बाल अधिकार उल्लङ्घनका घटना ५१ भएको प्रवितेदनमा छ । अभिलेखित घटनामध्ये बलात्कार ३९, यौन दुव्र्यवहार १०, बेचबिखन एक र बेचबिखन प्रयासको घटना एक भएको इन्सेकले जनाएको छ ।

यस्तै महिला अधिकार उल्लङ्घनका घटना ३९ भएको अध्ययनले देखाएको छ । बलात्कारका घटना २०, बलात्कार प्रयास पाँच, यौन दुव्र्यवहार तीन, जबर्जस्ती यौन कार्यमा लगाइएको एक, एसिड प्रहार एक, ‘बोक्सी’ आरोप एक र घरेलु हिंसा तीन भएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार