Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

रसुवामा एक्सरे अभाव


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

रसुवा । जिल्ला अस्पतालमा डिजिटल एक्सरे उपकरण नहुँदा पेट तथा छातीको उपचारमा समस्या परेको छ । पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो । म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ ।

चिकित्सकहरूका अनुसार पुरानो प्रविधि छ । अस्पतालमा लडेर घाइते भएका बिरामीसमेत आउँछन् । एक्सरेले स्पष्ट पार्न मुस्किल परिरहेको छ । सीप भए पनि उपकरण अभावका कारण सिफारिस गर्न बाध्य पारेको चिकित्सक बताउँछन् । यस्तै गर्भवतीलाई सुत्केरी गराउन सिएस शल्यक्रियासम्बन्धी स्रोत, साधन तथा जनशक्तिको अभाव भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा रेशम पोखरेलले बताए।

अस्पतालबाट सेवा प्रदानका लागि पाँच चिकित्सक रहे पनि साधन, स्रोतका अभावमा भइरहेका छ । पुराना उपकरणबाट काम चलाउँदै आएको छ । उपलब्ध भएको अल्ट्रासाउण्डले (भिडियो एक्सरे) पनि राम्रो काम नदिँदा उक्त सेवासमेत प्रभावित बन्दै गएको चिकित्सक बताउँछन् ।

दैनिक २०-२५ जनाले उपचार सेवा लिने र जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउन भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत नेपाल रेडक्रसले प्रि–फेब्रिकेटेड मोडलको भवन बनाई सेवालाई सहज पारे पनि साधन, स्रोतकै अभाव भएको हो । सेवा प्रवाहका लागि मेडिकल सुपरिटेन्डेन्ट एक, चिकित्सक पाँच, स्टार्फ नर्स पाँच, अनमी चार, एचए तीन, सि–एमए तीन, ल्याब असिस्टेन्ट तीन र कार्यालय सहयोगी १० जनाको दरबन्दी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारी सुविधाबाट प्रदान गर्नुपर्ने निःशुल्क औषधिसमेत अभाव हुँदै गएको चिकित्सकले बताएका छन् । अस्पताल सञ्चालनमा आवश्यक औषधिसहितको उपकरण व्यवस्थापन गरिदिन प्रदेश सरकारसमक्ष आग्रह गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भुवन केसीले जानकारी दिए ।

पर्यटकीय एवं धार्मिक क्षेत्र गोसाइँकुण्डका साथै रसुवागढी अन्तर्राष्ट्रिय नाका भएको जिल्ला अस्पताललाई सुविधायुक्त बनाउन प्रदेश सरकारसमक्ष पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइँकेलले बताए । विसं २०४२ देखि सञ्चालनमा आएको रसुवा जिल्ला अस्पतालमा अहिलेसम्म सुविधायुक्त हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार