Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

दुई दिनमा १०७ पर्यटक हुम्लामा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सिमकोट। जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ ।

ई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्क्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरुसहित विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् । दुई वर्षदेखि होटल व्यवसाय सुनसान रहँदा पछिल्लोपटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटल व्यवसायीमा आशा पलाएको छ । रु एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनःजीवन पाउने आशामा व्यवसायी खुशी भएका छन् ।

पर्यटन व्यवसायी याङ्की लामाले कोरोना महामारीले हिल्सा नाका बन्द हुँदा पहिलोपटक सदगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटल व्यवसायीमा आशा पलाएको बताए । दुई सिजनसम्म बन्द भएका होटल अब सञ्चालनमा आउने बाटो खुलेको जनाउँदै उनले अब व्यवसायीमा उत्साह छाउन थालेकमा खुसी व्यक्त गरे ।

सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदलमार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै आइपुगेका छन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ ।

उनले हुम्ला पुगेका टोलीले कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको बताए । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उहाँहरूले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ ।

पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने र बिहीबार बिहान मात्र पैदलमार्गबाट लाप्चातर्फ लाग्नु हुनेछ । सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका तीर्थलु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइलसमेत मङ्गलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पु¥याइएको हो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार