Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

सुनसान छन् पर्यटकीय गन्तव्य


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

महेन्द्रनगर । कोभिड १९ महामारीको पहिलो लहरदेखि सुनसान रहेका कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेका छैनन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइए पनि कोरोनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकले पाइला नटेकेको महिनौँ बितिसक्यो ।

विश्वमै दुर्लभ बाह्रसिङगेको झुण्ठ, १६ पाटे बाघ, १७ गैँडा, कृष्णसार, चार सय भन्दा बढी प्रजातिको चराचुरुङ्गीलगायत जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा आन्तरिक पर्यटकको रोजाइँमा पर्छ ।

विसं २०२६ मा शिकार आरक्षको रुपमा स्थापना भएको शुक्लाफाँटा पाँच वर्षअघि राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको थियो । प्रचारप्रसारका अभावले पर्यटक आवागमन अन्त निकुञ्जको जस्तो नभए पनि अवस्था सामान्य हुँदा वर्षमा पाँच हजारको हाराहारीमा यहाँ पर्यटक घुम्न आएको रेकर्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयसित छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनमगरले गत आर्थिक वर्षमा निकुञ्जमा तीन हजार पर्यटकले भ्रमण गरेको बताए । “कोरोना सामान्य भए पनि बीचको समयमा निकुञ्ज आवागमन खुलेको थियो” उनले भने, “ दोस्रो लहरआएयता निकुञ्ज प्रवेश बन्द नै छ।”

उहाँले कोरोना सङ्क्रमणको अवस्था हेरेर आगामी असोजदेखि निकुञ्ज भ्रमण÷अवलोकन खुला गर्ने योजना रहेको बताए । “बन्दका बेला निकुञ्जभित्र सडक मर्मत, सुधार, पुलपुलेसा निर्माणका साथै वन्यजन्तुको पानीको प्यास मेटाउन तलाउ निर्माण गरिएका छन् ।” प्रमुख संरक्षण अधिकृत पुर्जापुनमगरले भने, “चोरी शिकारी नियन्त्रणमा लकडाउनमा विशेष सक्रिय पनि रह्यो ।”

त्यसैगरी शुक्लाफाँटासँगै जोडिएको नेपालकै पहिलो राना थारु घरबास पनि कोरोना कहरले प्रभावित बनेको छ । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा रहेको घरबासमा महिनौंदेखि पाहुना आवागमन बन्द रहेको राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताए ।

उहाँले कोरोनामा घरबासमा आवद्ध स्थानीयवासी तरकारी खेतीमा लागेको बताउनुभयो । “होमस्टे निकै फष्टाइरहेका बेला कोरोनाले प्रभावित ग¥यो ।” उहाँले भन्नुभयो,“अवस्था सामान्य भएसँगै पाहुना आउनेमा आशावादी छौं ।”यहाँ आठ राना थारु परिवारले घरबास सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी यहाँस्थित दोधारा चादँनी झोलुङ्गे पुलमा पनि कोरोनाका कारण पर्यटक आउन छाडेको भीमदत्त नगरपालिका–१३का वडाध्यक्ष लालबहादुर शाहीले बताए । “कोरोना नहुँदा यहाँ बस नै रिर्जव गरेर मुलुकका विभिन्न स्थानबाट अवलोकनका लागि यहाँ आउथे” उनले भने, “कोरोनाले चौपट नै बनायो ।”

उनले पर्यटकको आवागमन नहुँदा होटल व्यवसायलगायत व्यापारमा समेत प्रभावित बन्न पुगेको उनको भनाइ थियो । त्यसैगरी भीमदत्त नगरपालिकाभित्र रहेका धार्मिक पर्यटकीय गन्तव्य झिलमिला ताल, साकेत धाम विष्णु मन्दिर, भम्केनी धाम क्षेत्रमा पनि पर्यटक नआउदा सुनसान बनेको छ । यहाँको बेदकोट नगरपालिकामा रहेका पर्यटकीयस्थल बेदकोट ताल र लिङ्गेश्वर क्षेत्रमा पनि पर्यटकको चलहपहलमा कमी आएको छ ।

बेदकोट नगरपालिकाका प्रवक्ता नरेशबहादुर सिंहले नगरक्षेत्रका पर्यटकीयस्थलमा सामान्य रुपमा चलहलपहल रहेपनि कोरोनाको त्रास अझै रहेको बताए ।  “ पहिले लिङ्गेश्वर र बेदकोट तालमा आन्तरिक पर्यटक दैनिक पाँच सयदेखि आठ सयसम्म पुग्ने गरेका थिए” उनले भने, “अहिले त फाट्टफुट्ट रुपमा आउने गरेको देखिन्छ ।” उनले अझै निर्वाध रुपमा घुमफिर गर्ने वातावरण बनिनसकेको बताए ।

त्यसैगरी पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहने महाकाली नदी किनारको निमार्णाधीन पहुँच मार्ग बन्द गर्ने स्थानीय प्रशासनले जनाएको छ । महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निमार्णाधीन ६ लेनको सडकको केही खण्ड कालोपत्र भएसँगै त्यहाँ भिडियो तथा फोटो खिच्न दैनिक हजारांै जनासम्म पुग्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सडकमा भीडभाड गर्न नदिने भएको छ ।

उक्त सडकमा चहलपहल ह्वात्तै बढेपनि भाइरल रोडले परिचित थियो । छेउमा महाकाली बग्ने, शान्त र रमणीय वातावरण बनेपनि यहाँ युवायुवती आउने क्रम बढेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भदौ १३ गतेपछि उक्त सडकमा भीडभाड गर्न बन्देज गरिने बताए ।

उनले कोरोनाको कहर सामान्य भइनसेको र अनावश्यक भीडभाड हुँदा निर्माण कार्यसमेत प्रभावित हुने भन्दै रोड जान बन्देज गरिन लागेको बताए । सामाजिक सञ्जालमा समेत भाइरल रोडको चर्चा चुलिन थालेपछि कञ्चनपुरका विभिन्न स्थानका साथै कैलाली र बाहिरबाट समेत यहाँ आन्तरिक पर्यटकको घुइचो नै लाग्न थालेको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार