Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

ऐतिहासिक चिनाकोटमा पूर्वाधार निर्माण


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

मङ्गला । गाउँपालिका–३ स्थित ऐतिहासिकस्थल चिनाकोटमा पूर्वाधार निर्माण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको रु बीस लाख बजेटमा स्थानीयवासीले श्रमदान गरेर पदमार्ग, खानेपानी र सार्वजनिक शौचालय निर्माण गरेका हुन् । चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर रोकाले जानकारी दिए।

“सेप्रेको मुहानबाट तीन वटा इन्टेक, चार हजार ५०० लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की बनाएर दुई हजार पाँच सय मिटर पाइपबाट ल्याइएको पानी उपभोगका लागि एक धारा बनाएका छौ”, उनले भने “दायाँबाँया दुवैतर्फ रेलिङसहितको ९० मिटर पक्की र ७५ मिटर ढुङ्गाको सिँढी भएको पदमार्ग निर्माण गरेका छौं ।”

सार्वजनिक शौचालय पनि निर्माण गरिएको छ । पूर्वाधार निर्माण भएपछि अप्ठ्यारो र भिरालो ठाउँमा जोखिम मोलेर हिँड्नुपर्ने, पिउने पानी बोकेर जानुपर्ने, शौचालयको समस्यासमेत हटेको उपभोक्ता समितिका सचिव कमल रोकाले बताए। “बस्तीदेखि टाढा र उच्च स्थानमा रहेको चिनाकोटमा पिउने पानीको समस्या थियो”, उनले भने, “खानीगाउँ, दुर्दी, बाहुन पँधेरा र थर्पुका ५३ जनाले दुई महिनासम्म श्रम गरेर पूर्वाधार तयार पारेका हांै ।”

भू–तथा जलाधार व्यवस्थापन कार्यालयको यहाँस्थित सम्पर्क एकाइका सहायक संरक्षण अधिकृत शम्भुकुमार मिश्रका अनुसार गत आर्थिक वर्ष २०७७\७८ मा रु बीस लाख बजेट विनियोजन भएकामा आयोजना व्यवस्थापन खर्चबापतको रु ८० हजार घटाएर रु १९ लाख २० हजार भुक्तानी गरिएको छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित चिनाकोटमा बाइसे चौबिसे राज्यकापालामा दरबार थियो । ऐतिहासिक महत्वका खुडा, तरबार, ढाल, खुकुरीलगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित रुपमा राखिएको छ । यहाँ रानीले कपाल कोर्ने ठाउँ, पानी राख्ने पँधेरा, सुरक्षाका लागि बनाइएको सुरुङ र दरबारका भग्नावशेष छन् ।

चिनाकोटबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे रेञ्जका हिमाल, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्ती र वनजङ्गलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । महत्व तथा विशेषताका बारेमा प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन जोड दिइएको चिनाकोट युवा क्लबका अध्यक्ष गमश रोकाले बताए।

चिनाकोट नजिकैको झाँक्रीपानीसम्म सडक यातायातको सुविधा छ । झाँक्रीपानीमा होमस्टे घरबास सुविधा पनि छ । गाउँपालिकाले दृश्यावलोकन स्तम्भ भ्युटावर र सामुदायिक भवन निर्माण गरेको छ । बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ । झाँक्रीपानी र चिनाकोटलाई पदमार्गले जोडिएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार