Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

मध्यपहाडी राजमार्ग सञ्चालनमा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

सिन्धुली ।दुई/तीन दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध छ । शुक्रबार उदयपुरको घुर्मीदेखि सिन्धुलीको खर्कोटसम्म धेरै ठाउँमा खसेको पहिरो पन्छाउन समय लागेकाले राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण खसेको पहिरो शुक्रबार बिहानैदेखि पन्छाउन थालिएको भए पनि अझै पन्छाइनसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गोलन्जोर गाउपालिका–२ को कालीआँप र हैबारस्थित अक्करे भीरमा ठूलो पहिरो खसेकाले स्काभेटर र जेसीभी लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । कालीआँप, अक्करभीर लगायत खुर्कोटसम्म नै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने उनको भनाइ छ ।

यो समाचार तयार पार्दासम्म उदयपुरको घुर्मीदेखि गोलन्जोर गाउँपालिका–२ को कालीआँपसम्मको पहिरो पन्छाएर एकतर्फी गाडी सञ्चालन भएको छ । ‘धेरै ठाउँमा पहिरो खसेको छ । अहिलेसम्म पहिरो पन्छाउने प्रयास भइरहेको छ । ठूलो पहिरो भएको ठाउँमा पन्छाउन समय लाग्ने भएकाले सडक खुलाउन कति समय लाग्छ भन्न सकिने अवस्था छैन् ।’ –प्रहरी नायव उपरीक्षक लामाले भन्नुभयो।
पहिरोका कारण ओखलढुंगा, खोटाङ, उदयपुरलगायतका जिल्लाबाट आएका सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

ओखलढुंगा, खोटाङ, उदयपुरलगायतका ठाउँबाट आएका ७० भन्दा बढी सवारीसाधन अहिले कालीआँपमा अलपत्र परेर रहेका यात्रु अशोक काफ्लले जानकारी दिएयो । पहिरो पन्छाउने प्रयास भइरहे पनि एकतर्फी सडक खुलाउनै पनि धेरै समय लाग्ने देखिएको उहाँले बताए । वर्षाका कारण शुक्रबार बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग पनि अवरुद्ध भएको थियो । यी राजमार्गहरु शुक्रबार नै पहिरो पन्छाएरपछि सञ्चालनमा आएका छन् । जिल्लाका अधिकांश ग्रामीण सकड पूरै अवरुद्ध भएको छ ।

सदरमुकायम सिन्धुलीमाढी र विभिन्न स्थानीय तहहरु जोडिने सबै सडक अवरुद्ध भएको छ । सदरमुकाम र तीनपाटन गाउँपालिका जोड्ने सिन्धुली–चकमके सडक, घ्याङलेख गाउँपालिका र सदरमुकाम जोडिने सडक पनि पहिरोका कारण अवरुद्ध छ । पहिरो पन्छाउने प्रयास भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार