Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

किरण खोलामा पुल नहुँदा सास्ती


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

राँझा बाँकेको पसरपुर–गौघाट सडकमा पर्ने किरणखोलामा पुल नहुँदा आवागमनमा कठिनाइ भएको छ। खजुरा गाउँपालिका–२ सीतापुरस्थित किरणखोलाको पुल वर्षाको मुखमा भत्काइएको थियो ।

नयाँ पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनीले छ महिना अघि गत चैतमा पुल भत्काए पनि हालसम्म काम शुरु हुन सकेको छैन। आवागमनको वैकल्पिक व्यवस्था नगरी पुल भत्काएका कारण वर्षामा खजुरा, सीतापुर र राधापुर क्षेत्रका सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

किरण खोलामा सर्वसाधारणले काम चलाउ काठको पुल बनाएर जोखिमपूर्ण रुपमा आवागमन गर्ने गरेको राधापुर निवासी भीम वलीले बताए। उनका अनुसार, पुल भत्काइएपछि छ महिनादेखि सवारीसाधन आवागमन ठप्प भएको छ। सदरमुकाम नेपालगञ्ज आउन सर्वसाधारणले बनाएको काठको काम चलाउ पुल खोलामा आउने बाढीले बेला बेलामा बगाउँदा आवतजावत् पूर्णरुपमा ठप्प हुने गरेको छ ।

वर्षाको समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिका–२ निवासी स्थानीय अगुवा गेहेन्द्र धितालको भनाइ छ। किरणखोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन अहिले जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उनले जानकारी दिए। पुल निर्माणको जिम्मा पाएको गाल्भा सिद्धार्थ दर्शन जेभीले भएको पुल भत्काए पनि नयाँ पुल निर्माणको थालनी गरेको छैन ।

निर्माण गर्ने समयावधि रहेको भन्दै निर्माण कम्पनीले पुल निर्माणको काम नै शुरु गरेको छैन। वैकल्पिक व्यवस्था नगरी वर्षाको समयमा पुल भत्काएर निर्माण कार्य थालनी नगर्नु निर्माण कम्पनीको लापर्वाही भएको धितालको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारसँग उक्त पुल निर्माणका लागि निर्माण कम्पनीले रु पाँच करोड ८५ लाख ७५ हजार ५३३ मा ठेक्का सम्झौता गरेको छ। गत फागुन १९ गते सम्झौता गरेको कम्पनीले २०७९ असार २५ गते पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर केसीले बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले परसपुर–गौघाट सडक विस्तारसँगै किरणनालाको पुल पनि विस्तार गर्न थालिएको बताए। नयाँ बनाउनको लागि पुल भत्काइएकाले वर्षाको समयमा स्थानीयवासीले दुःख व्यहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले आवागमनको लागि वैकल्पिक व्यवस्था गरी निर्माण कार्य छिटै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार