Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

 बैतडी। बैतडी  र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ ।

बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो। सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिए ।

विगतमा डिलासैनी गाउँपालिका–५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नं ६ चमेलिया मोटरेबल पुल नजिक सारिएको छ। सोही स्थानबाट एटिएम सेवा सञ्चालनमा ल्याइएको हो। ग्राहकको सेवालाई ध्यानमा राखेर शाखा सारिएको र एटिएम सञ्चालन गरिएको हो ।

एटिएम सेवा सञ्चालनमा आएपछि बैंकमा चेक लगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए। बनाएको एटिम कार्ड पनि प्रयोगविहीन भएको थियो। उनले भने, “अब एटिएम कार्ड पनि प्रयोगमा आयो, लाइन लाग्नुपर्ने बाध्यता पनि हट्यो, खुसी छौँ ।”

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार