Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

पुलको ग्यावियन बगाउँदा स्थानीय वासीलाई दुःख


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

चितवन । कालिका नगरपालिकामा पर्ने कयरखोलाको पुल र सडक जोड्ने ग्यावियन बगाएपछि स्थानीयवासीले दुःख पाएका छन्। पुल सम्पन्न हुनै लाग्दा त्यसकै सहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्यावियन बगाएसँगै दुःख पाएका हुन्। वर्षात् होस् वा अन्य समयमा सडक सञ्जाल जोड्ने पुलको ग्यावियन खोलाले बगाएपछि त्यहाँका स्थानीयवासी सदरमुकाम आउनलाई समेत खोला तर्नुपर्ने बाध्यता छ।

तीन दोभानबाट उर्लिँदै आएको कयरखोलाले गत असार १७ गते पुलको ग्यावियन भत्काएको हो। वडा नं १० का बमबहादुर चेपाङले पुलको ग्यावियनको मर्मत नहुँदा दुःख पाएको गुनासो गरे। उनले भने, “पुल मर्मत नहुँदा गाउँमा कोही पनि बिरामी नपरे हुन्थ्यो भन्ने लाग्छ, त्यतिमात्रै होइन, सहरमा जानुपर्ने काम नै नपरे हुन्थ्यो भन्ने हुन्छ, तर के गर्ने जानैप¥यो ।” बिरामी भए वा बजारमा काम परेर जानुपरे ज्यानै जोखिममा राखेर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ग्यावियन भत्किँदा गाउँमा यातायात सम्पर्कविच्छेद बनेको छ।

भत्किएको ग्यावियन आजसम्म पनि मर्मत नहुँदा सहज आवतजावत गराउन स्थानीय तहले खासै चासो नदिएको उनीहरुले आरोप लगाएका छन्। कालिका–११ का दिनेश प्रजा ग्यावियन मर्मत नहुँदा खोला तर्ने क्रममा ज्यानै जाने हो कि भन्ने डर लाग्ने गरेको बताउछन्। उनले भने, “ग्यावियन मर्मतका लागि कसैले चासो दिएका छैनन्।”

साविक सिद्धि गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर प्रजाले स्थानीय सरकारले यहाँका जनताको पीडा बुझ्न नसकेको आरोप लगाए। उनले भने, “बाढीले बगाएको भागमा जतिसक्दो चाँडो मर्मत गरिनुपर्छ, यहाँका जनताको माग सुनुवाइ हुनुपर्छ।”

विसं २०६९ को साउनमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई सिद्धी जान आउँदा बाढीका कारण ट्र्याक्टरबाट तर्नुपरेको थियो । सो बाध्यतापछि निर्माण गरिएको पुलको ग्यावियन भत्किँदा समस्या भएको चेपाङ समुदायका अभियानकर्मी केपीकिरण शर्माले बताए। उनले भने, “पुलमा जाने बाटो नै बगायो अब कसरी आवतजावत गर्ने?”

डाइनामिक कन्स्ट्रक्शन प्रालि भरतपुरले निर्माणको जिम्मा लिएको पक्की पुल ३५ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको छ। रु तीन करोड ७० लाख २५ हजारको लागतमा बन्दै गरेको पुल निर्माणको काम अन्तिम चरणमा छ । विसं २०७७ असार ३० गते सम्झौता भई विसं २०७८ पुस २९ गते सक्ने लक्ष्य रहेको छ । पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको समयमा खोलाले पुलसँग जोड्ने ग्यावियन बगाएको हो।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ठेकेदार कम्पनीले बिमाको क्षति दाबीका लागि समय लागेकाले निर्माणको काम रोकिएको बताए। बिमा कम्पनीले स्थलगत अनुगमन गरिसकेकाले अब केही दिनमा नै निर्माण सुरु हुने उनको भनाइ छ। पुल नबन्दा सास्ती पाएका स्थानीयवासीले पुल बनेर हिँड्न मिल्ने हुँदासमेत जोखिम मोल्नुपर्ने बाध्यता छ। यसबाट वडा नं १० र ११ का बासिन्दा प्रभावित भएका छन्।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार