Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 14

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 15

Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 20

बेरोजगार युवाको साथी बन्दै लगानी पूर्वाधार तथा रोजगार समिति


Warning: Trying to access array offset on value of type bool in /home/u723082852/domains/leadnewsmedia.com/public_html/wp-content/themes/leadMedia/single.php on line 31

काठमाडौँ । नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ले बेरोजगार युवालाई आयआर्जनसँग जोड्न थालेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि कोरोना सङ्क्रमण देखिएपछि कोरोनाले विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न स्थापना गरिएको उक्त समिति अहिले देशका विभिन्न जिल्लामा बेरोजगार युवालाई आयआर्जनसँग जोड्दै स्वरोजगार बनाउने अभियानमा जुटेको हो ।

कांग्रेसका सांसद एवं उद्योपति विनोद चौधरीको संयोजकत्वमा रहेको उक्त समितिले बेरोजगार युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराउन सहजीकरण गर्दै उनीहरुलाई आयआर्जनसँग जोड्ने काम गरेको हो । समितिले बेरोजगार युवालाई आय आर्जनसँग जोड्दै स्वरोजगार बनाउनका लागि बिना धितो रु २० लाखसम्म सहुलीयत दरमा ऋण उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ । कांग्रेसका नेता एवं समितिका सहसंयोजक दीपक खड्काले कांग्रेसभित्रका बेरोजगार युवालाई रोजगार प्रदान गर्न समितिले पशुपालन, कृषिलगायतका उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिएको बताए।

“यस अभियान अन्तर्गत धनकुटा, मकवानपुर, बारालगायत जिल्लाका झण्डै २०० बेरोजगार युवालाई उद्योग व्यवसायका लागि सहजीकरण गरिसकेका छौँ”, उनले भने । उक्त समितिले २०० युवालाई प्रत्यक्ष सहयोग गरेसँगै झण्डै एक हजार युवाले रोजगारी पाएका छन् । समितिले उक्त अभियानलाई क्रमशः ७७ वटै जिल्लामा सञ्चालन गर्ने सहसंयोजक खड्काको भनाइ छ ।

उत्पादन भएका सामग्रीलाई बजारको समस्या हुने गरेको वर्तमान परिस्थितिमा समितिले आफ्नो अभियानअन्तर्गत उत्पादन भएका सामग्रीलाई बजारीकरणका लागि पनि सहजीकरण गरिदिने भएको छ । यस्तै समितिले आफ्नो अभियानबारे सातवटै प्रदेशका केन्द्रीय तथा जिल्ला सभापतिसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरिसकेको छ ।

उक्त समितिले कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट निस्कन आगामी दिनमा सरकार र निजी क्षेत्रले खेल्ने भूमिका अध्ययन गरी नेपाली कांग्रेस र सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त प्रतिवेदनअनुसार नै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैँकले बजेट र मौद्रिक नीतिमा प्रतिवेदनको सुझावलाई केही हदसम्म समावेश गरेको सहसंयोजक खड्काले बताए। बेरोजगार युवालाई रोजगारसँग जोडे सँगै देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने समितिले विश्वास लिएको छ । उक्त कार्यले देशको व्यापार घाटासमेत कम गर्ने समितिको ठहर छ ।

कांग्रेसको विसं २०७७ वैशाख १७ गतेको केन्द्रीयसमितिको निर्णय बमोजिम विसं २०७७ जेठ २ गते गठन भएको समितिमा उद्योगपति चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त विशेष समितिमा खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य रहेको छ ।

उक्त समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दुरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपछि पार्टीको ‘अर्थतन्त्र केन्द्रीत विशेष समिति’ लाई सुझाव दिने र दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोणका साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार